पुस १, २०७२- अपडेट ::
राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरको दर्शन तथा पुजाअर्चना गरेर फर्केलगत्तै मन्दिर प्रांगणमा पेट्रोल बम हानिएको छ । राष्ट्रपतिको जनकपुर भ्रमणको विरोध गरिरहेको समूहले हानेको पेट्रोल बमले प्रांगणमा बनाइएको मञ्च र पन्डालमा अागो लागेको छ । मन्दिरको चारैतिरबाट ढुंगामुडा गरिएको छ । फर्किन लाग्दा राष्ट्रपति चढेको गाडीलाई लक्ष्यित गरेर पनि ढुंगा हानिएको छ ।
अपडेट ::
राष्ट्रपति विद्यादेवी भण्डारीले विवहा पञ्चमीको अवसरमा जनकपुरको जानकी मन्दिरको दर्शन तथा पुजाअर्चना गरेकी छिन् ।

काठमाडौंबाट जनकपुर आएको राष्ट्रपति सवार हेलिकप्टरलाई अञ्चल प्रहरी कार्यालयको प्रांगणमा उतारिएको थियो ।

त्यहाँबाट गाडीमा सवार भएर ११:५५मा जानकी मन्दिर पुगेकी राष्ट्रपतिले १३ मिनेट मन्दिरमा बिताउँदा मन्दिर परिसर बाहिर भने निकै तनावको वातावरण थियो । मन्दिर परिसर बाहिर रहेका मोर्चाका कार्यकर्ताले उनी विरुद्ध कालो झण्डा प्रदर्शन गर्नुका साथै पथराव पनि गरेका थिए ।
पुजाअर्चनापछि पत्रकारहरु माझ संक्षिप्त कुराकानी गर्दै आफ्नो मिथिला र जानकपुर प्रति ठूलो सम्मान रहेको बताएकी छिन् ।



उनी केही समय पछि नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

...

जनकपुर चाेकमा प्रदर्शन गरिरहेका मार्चाका कार्यकर्ता माथि प्रहरीले लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार समेत गरेकाे छ ।
मन्दिर परिसर पूर्णरुपमा खाली गराइएकाे छ ।
...
राष्ट्रपति विद्यादेवी भण्डारीे विवाह पञ्चमीको अवसरमा जनकपुर आउने भएपछि त्यसको विरोधमा जनकपुर तनावग्रस्त बनेको छ ।

जनकपुरका मुख्य चोकमा मधेसी मोर्चा तथा मधेसी गठबन्धनका कार्यकर्ताहरुले संयुक्तरुपमा विरोध गरिरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखको हैसियतमा रामजानकी मन्दिरको दर्शन गर्न आउने भनेपछि हिजो मंगलबार नै संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा तथा संयुक्त समावेसी मधेसी गठबन्धनले त्यसको विरोध गर्ने बताएका थिए ।

राष्ट्रपति भण्डारी १२ बजेको आसपास हेलिकप्टरबाट जनकपुर आउने कार्यक्रम रहेको छ ।

अहिले रामजानकी मन्दिर परिसरलाई पूर्णरुपमा खाली गराइँदै छ । नेपाल र भारतबाट त्यहाँ दर्शन गर्न पुगेका भक्तजनहरुलाई यसरी मन्दिर परिसरबाट निकालिनु गलत भएको तिर्थालुहरुको गुनासो छ ।


0 comments Blogger 0 Facebook

Post a Comment

 
Media Patra © 2013. All Rights Reserved. Powered by Blogger
Top